यी हुन हिजोको क्याविनेटले गरेका ५ निर्णय

सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ। हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने सहितका पाँच निर्णयहरु सार्वजनिक भएको छ ।

बिज्ञापन

अहिलेसम्म आरोहण खुला नगरिएका ती हिमालहरु आरोहणका लागि खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बिज्ञापन

यस्का अलवा सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय सो आयोग गठन गरेको छ भने ०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वल्र्ड अरबान फोरम सम्मेलनमा सहभागी हुनका लागि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पठाउने निर्णय पनि गरेको छ।

त्यसैगरी २०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औँ इन्टरनेशनल स्पोर्ट्स फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्री तजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

बिज्ञापन

यस्तै हिजोको क्याविनेटले शेयर तथा ऋण लगानी नीति २०८१ समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष