घरबाटो सिफारिसमा साढे चार लाख ‘घुस’

घुससहित पक्राउ परेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित वडासचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
बाटो प्रमाणित गरिदिनका लागि सेवाग्रहीसँग ४ लाख ५० हजार घुस लिएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

बिज्ञापन

अख्तियारको बर्दिवासस्थित कार्यालयबाट गएको टोलीले सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा वडाध्यक्ष सहनीसहित तीनै जनालाई नियन्त्रणमा लिएको थियो।
घरबाटो सिफारिस प्रमाणित गरी दिन सेवाग्रहीसँग उनीहरूले घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता थपलियाले बताए।

वडाध्यक्ष सहनी र वडा सचिव तेली ४ लाख ५० हजार बिगो कायम गरी जरीवाना तथा कैद सजायको मागदाबी अख्तियारले लिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष