सचिवहरुको पाँच दिनको तलब काटिने

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले पिडित घरपरिवारलाई राहतका लागि सचिवहरुको पाँच दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

मुख्य सचिव  अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले सचिवहरुको पाँच दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बैठकले विपद व्यवस्थापन सम्वन्धमा विभिन्न १४ वटा निर्णय गरेको छ । बैठकले गृहमन्त्रालयको समन्वयमा तत्काल खोज, उद्धार र राहत उपलब्ध गराउने कार्यलाई तदारुकता दिने निर्णय गरेको छ ।यसैगरी बाटोमा अलपत्र परेका यात्रुलाई तत्काल गन्तव्य पु¥याउन आवश्यक व्यवस्था भौतिक मन्त्रालय र गृहमन्त्रालयको आपसी समन्वयमा सम्पन्न गर्ने निर्णय समेत सचिव बैठकले गरेको छ ।

यसैगरी सचिव बैठकले स्वास्थ्य मन्त्रालयले घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने, विपद् प्रभावित क्षेत्रमा हैजा , डेंगी जस्ता रोगहरु फैलन नदिने , बाढी पहिरोका कारण अवरुद्ध सबै राजमार्गहरु तत्काल खुलाउने, विपद् प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउने, अवरुद्ध भएका सबै सेवाहरु तत्काल सम्वन्धित निकायले तत्काल सुचारु गराउने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

बिज्ञापन

काठमाडौँ–सिन्धुली–बर्दिबास सड्क खण्ड सञ्चालनमा आउनुअघि वैकल्पिक रुट पहिचान गरेर सार्वजनिक गर्न सचिवहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘वीपी राजमार्ग (काठमाडौँ–सिन्धुली–वर्दिबास) सञ्चालनमा नआउन्जेलका लागी वैकल्पिक रुट पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्ने ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष