बलात्कारमा फसाइदिने भन्दै ३० लाख बार्गेनिङ, इन्स्पेक्टरमाथि छानबिन

‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही फेरि विवादमा तानिएकी छन्। यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक विवादमा तानिएकी हुन्।

बिज्ञापन

उनी हाल ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्जको रुपमा कार्यरत छन्।आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।

बिज्ञापन

स्रोतका अनुसार हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर पैसा लिएको पाइएको छ ।बलात्कारको घट्नामा आरोपीसँग मिलेर उनले हनिट्रयापमा रूपान्तरण गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । उनले भनिन्– ‘आचरण विपरीत काम गरेको भन्ने मैले सुनेँ, लतिलपुरका एसएसपी साबलाई छानबिन गर्नु भनेको छु ।’

कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् । २०८० माघमा कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र नाथले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यसबारे समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष