लोकसेवाका लेखापालले श्रीमती र भाउजुलाई परीक्षामा उत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी

मधेश प्रदेश लोकसेवा आयोगमा कार्यरत लेखपालले आफ्नो श्रीमती र नातेदारलाई उत्र्तिण गराएको र अन्य उमेद्धारलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
आयोगमा कार्यरत लेखापाल राम प्रवेश यादवले पदीय दुरुपयोग गरी आफ्ना नातेदारलाई उत्र्तिण गराएको र अरुलाई अनुत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
प्रदेश लोकसेवा अयोगको विज्ञापन नं १३१-०७९/८० खुल्ला तर्फको विज्ञापनमा पदीय दुरुपयोग गर्दै आफ्ना नातेदारहरुलाई उत्र्तिण गराएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बिज्ञापन

उक्त परीक्षामा सहायक लेखापाल राम प्रवेश यादवले आफनो पदको दुरुपयोग गरी शिक्षा प्रशासन निरिक्षण समुह उपसमुहमा सहायक पाँचौ तहको प्राविधिक पदमा आफनो श्रीमती सोनापति देवी यादव,भाउजु नातेदार पर्ने मोनिका यादवलाई पास गराई अन्य परिक्षार्थीलाई फेल गराएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

बिज्ञापन

उजुरीकर्ताले लेखापाल यादवले जालझेल तथा आफ्नो पदको दुरुपयोग गरी नियुक्त दिलाएको हुँदा यादवले गरेको गैर कानुनी तथा अमर्यादीत कार्य भएको हुँदा वायोडाटा तथा परिक्षा सम्बन्धित कागजातहरु झिकाई छानबिन तथा अनुसन्धान गर्न माग गरिएको छ ।

निवेदकहरुले यादवलाई आवश्यक कारवाही गरी उक्त भए गरेको परिक्षा समेत बदर गरी पुनः परिक्षा दिन पाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष