गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय

काठमाडौं । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार (असोज २ गते) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

यसअघि गत भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम ‘सुकीदह’ र केन्द्र वडा नम्बर २ स्थित ‘सुखाओडार (जिनावाङ) राख्ने निर्णय गरेको थियो ।

बिज्ञापन

२०८० वैशाख ८ गते सम्पन्न भएको गाउँ सभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरी नाम ‘सुकीदह’ र केन्द्र सुखाओडार सिफारिस गरे अनुसार सरकारले गत भदौमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो ।

‘गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साविक वडा नं. ५ सानडाँडाबाट वटा नं. २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/५/२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष