बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन

भरतपुर अस्पतालका बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ । ४४ वर्षीय डा.  केसीको आज विहान काठमाडौँमा निधन भएको हो । उनलाई पछिल्लो समय मुटु सम्वन्धी समस्या देखिएको थियो ।

बिज्ञापन

उपचारमा सम्लग्न चिकित्सकले डा. केसीको मृत्युको प्रमुख कारण मुटु सम्वन्धी समस्या नै भएको बताए । ‘पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुटने कारणले उहाँको निधन भएको हुनसक्छ,’ उनको उपचारमा सम्लग्न ती चिकित्सकले भने ।

बिज्ञापन

डा. के.सी. विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए । डा. पोखेरेल पछिको बरियतामा रहेका डा. के.सी.को निधनले स्त्री तथा प्रसुति रोगको क्षेत्रमा ठूलो क्षति भएको डा. पोखरेलले बताए ।‘यतिको जनशक्ति तयार गर्न धेरै वर्ष लाग्छ, असाध्यै मेहनती पनि हुनुहुन्थ्यो, अस्पतालमा मेरो अनुपस्थितीमा उहाँले नै सबै व्यवस्थापन गर्नुहुन्थ्यो,’ डा. पोखरेलले भने, ‘अल्पायूमा नै यस्तो घटना भयो ।’चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका के.सीले नेम्सबाट एमडी गरेका हुन् । उनको घर पश्चिम खलंगा भए पनि उनी पछिल्लो समयमा काठमाण्डौं सिफ्ट भएका थिए । भरतपुरमा भाडामा नै बसेर बिरामीको सेवा गर्दै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष