दाजु- भाइ नै सचिव

निजामती सेवामा कहिलेकाँही दुर्लभ संयोग जुर्दछ ।

बिज्ञापन

जस्तो यस अघि दाजु बहिनी नै नेपाल सरकारका सचिवको रुपमा बहाल थिए । लोकसेवा आयोगबाट निवृत्त भएका महेन्द्र गुरागाईं र हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अवकाश पाएकी देवकुमारी गुरागाईं दाजु बहिनी नै करिब दुई बर्ष नेपाल सरकारको सचिवको जिम्मेवारी निर्वाह गरे ।

बिज्ञापन

नेपालको प्रशासनिक इतिहासमा दाजु बहिनी नै एकै पटक सरकारका सचिव पदमा कार्यरत रहेका उनीहरुले रेकर्ड कायम गरे । उनीहरुका अन्य पाँच भाइ बहिनी अहिले पनि निजामती सेवामै बहालरत छन् । यस्तै सचिवबाट अवकाश पछि लेखन कार्यमा सक्रिय रहेका गोपी मैनाली र उमेश मैनालीहरु पनि कुनै समय एकै पटक सचिवको जिम्मेवारीमा थिए । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली र गोपी मैनाली दाजु भाइ नै एकै पटक निजामती सेवाका विशिष्ठ पद सचिवका रुपमा सेवा गरेर अहिले निवृत्त जीवन व्यतित गरिरहेका छन् ।

एउटा कालखण्डमा दाजु र अर्को समयमा भाइ वा बहिनी सचिव पदमा पुगेका अरु पनि भेटिन सक्छ । तर एउटै समयमा एकै पटक सचिव पदमा दाजु भाइ नै बहाल रहेको घटना चाहिँ निजामती वृत्तमा अलि विरलै भेटिन्छ । यस्तै विरलै देखिने घटनाक्रममा हो । यस पटक महादेव पन्थ र रविलाल पन्थ,जो एकै आमाको कोखबाट जन्मिएका सन्तान हुन । उनीहरु एकै पटक सचिव पदमा पुगेका छन् । ७० सचिवमध्ये एकै घरमा दाजु भाई नै सचिवको कुर्सीमा पुग्नु विरलै हुने घटना हुन ।

बिज्ञापन

हालै बसेको क्याविनेट बैठकले महादेव पन्थ सचिवमा बढुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
भाइ सचिव भएको तीन बर्ष पछि दाजु सचिवमा उक्लिएका हुन । पन्थ ७० चैत्रमा सहसचिवमा बढुवा भएका थिए । उनलाई सचिवमा उक्लनका लागि झण्डै १० बर्ष समय लाग्यो ।
महादेवका भाइ यसअघि नै सचिव भइसकेका छन्। हाल निर्वाचन आयोगमा सचिवका रूपमा कार्यरत रविलाल पन्थ महादेवका सहोदर भाइ हुन्। २०६९ साल फागुनमा सहसचिव बनेका रविलाल २०७८ असोजमा सचिवमा बढुवा भएका थिए। भाइ सचिव बनेको ३ वर्षपछि दाजु महादेव सचिवमा बढुवा भएका हुन ।

उनका अर्काे कृष्णप्रसाद पन्थ भने केही समयअघि सहसचिवबाट सेवानिवृत्त भइसकेका छन्।
यस्तै,साखै दाजुभार्य नभए पनि काका ठूलाबाका छोरा हुन गोकर्णमणि दुवाडी र नारायण दुवाडी । उनीहरु पनि सचिवको रुपमा कार्यरत छन् । गोकर्ण हालैमात्र गृह मन्त्रालयमा पुगेका छन् भने नारायण शर्मा दुवाडी राष्ट्रपतिको कार्यालयमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष