सचिव बढुवामा ओलीद्धारा पाँच पटकसम्म रोकिएका दुवाडी कसरी बने गृह सचिव ?

गृह मन्त्रालयको रिक्त सचिवमा गोकर्णमणि दुवाडी पुगेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृहमा लाने निर्णय आज बल्ल माइन्युटिङ्ग गरेको हो ।

बिज्ञापन

यसअघिका एकनारायण अर्याल भदौ १४ गते मुख्यसचिव नियुक्त भएपछि पद रिक्त थियो । त्यसका लागि बिनोद सिंह,कृष्णहरि पुष्कर,दिनेश भट्टराई लगायतको नाम चर्चामा थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम सहमतिमा दुवाडीलाई प्राथमिकता दिइएको बुझिएको छ ।
यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुवाडीलाई ५ पटकसम्म सचिव बनाउन अस्वीकार गरेका थिए। २०७६ माघदेखि सचिव बढुवाको सिफारिसमा भएका उनी सात महिना पछि मात्र सचिव बढुवा भएका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले छैठौं पटक सचिव बढुवाका लागि भएको सिफारिसमा १० मंसिरमा मात्रै उनलाई सचिव बढुवा गरेको थियो । तत्कालीन सरकारले ५ पटक सिफरिस हुँदा पनि उनलाई सचिवमा बढुवा नगरी अरुलाई नै मौका दिएको थियो ।

बिज्ञापन

३ पटक पहिलो नम्बरमा सिफारिस हुँदा समेत उनलाई सचिवमा बढुवा नगरी उनीभन्दा जुनियर सहसचिवहरुलाई सचिव बनाइएको थियो । कनिष्ठ भएपनि विष्णुप्रसाद नेपाल, वीरबहादुर राई र मधुकुमार मरासिनी दुवाडीलाई उछिनेर सचिव बनेका थिए ।

२०५४ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका दुवाडी २०५९ मा शाखा अधिकृत भएका थिए । २०६६ मा उपसचिव भएका उनी एक वर्षपछि सहसचिवमा बनेका हुन ।दुवाडी ७७ सालमा मात्र सचिवमा उक्लिएका हुन ।

बिज्ञापन

नवनियुक्त गृहसचिव गोकर्णमणि दुवाडीले पदभार ग्रहण गरेका छन् । शुक्रबार अपरान्ह सिंहदारबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर सरुवाको पत्र बुझेका दुवाडीले साँझ मन्त्रालय पुगेर पहबाहली गरेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष