गृह सचिवको जिम्मेवारी गोकर्णमणिलाई

गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्त भएका छन् । हिजो बसेको क्याविनेट बैठकमा गृह मन्त्रालयको सचिव कसलाई बनाउने भन्नेमा निर्णय हुन सकेको थिएन ।

बिज्ञापन

हिजोको क्याविनेट बैठकमा गृहमन्त्री रमेश लेखक ढिला पुगेका थिए । उनको ढिलाइ कारण मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल नभए पनि प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा गृहसचिवमा दुवाडीलाई ल्याउने निर्णय भएको हो ।क्याविनेट बैंठक अघि सचिव दुवाडी गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालयमा पुगेका थिए,गत सोमबार । उक्त साँझ मन्त्री र सचिव दुवाडीबीच एकान्त वार्तालाप चलेको थियो,केही समय ।

बिज्ञापन

गृह सचिव हुने लाइनमा कृष्णहरी पुष्कर, विनोद सिंह, अर्जुन पोखरेल, नारायण शर्मा दुवाडी, हरि मैनाली गोकर्णमणि दुवाडी लगायतबीच प्रतिस्पर्धा रहँदै आएको थियो । अरु प्रतिष्प्रर्धीलाई पछि पार्दै दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ ।

यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । ०५४ सालमा निजामती सेवा प्रवेश गरेका दुवाडी २०५९ मा शाखा अधिकृत भएका थिए। त्यसको ७ वर्षपछि अर्थात् २०६६ मा उपसचिव भएका उनी अर्को वर्ष नै सहसचिव भएका हुन। सहसचिव हुँदा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी,भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक चलाएका दुवाडीलाई केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिव बढुवाका लागि सात महिना कुर्नु परेको थियो । लोकसेवा आयोगको अध्यक्षमा रहने बढुवा समितिले २०७७ वैशाख ३१ गते पहिलोपटक सचिव बढुवाका लागि सिफारिस गरेको थियो। तर उनी सात महिना समय कुरेर २० प्रतिशतका आधारमा पाँर्चा पटकमा सचिवमा उक्लिएका हुन । सचिव बढुवा भएसँगै उनी निर्वाचन आयोग,भूमि व्यवस्था मन्त्रालय हुँदै केन्द्रीय तथ्यांक विभागमा पुगेका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष