दसैंमा नयाँ नोट नपाइने, पुरानो नोटले काम चलाउने

यसपालिको दसैंंमा नयाँ नोट प्रयोग गर्न नपाइने भएको छ। हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो।

बिज्ञापन

राष्ट्र बैंकले विगतका वर्षमा दसैंमा नयाँ नोट वितरण गर्न ३/४ महिनाअगावै छपाइ गरेर भण्डार गर्ने गरेको थियो। तर, यस पटकको दसैं लक्षित नयाँ नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।

बिज्ञापन

‘यस पटक दसैंमा नयाँ नोट वितरण हुँदैन। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरिएको हो,’ राष्ट्र बैंक सह–प्रवक्ता पोखरेलले क्यापिटल नेपाललाई भने, ‘आवश्यक हुनेलाई राष्ट्र बैंकले बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा दिन्छ।’

दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने उनको भनाइ छ।

बिज्ञापन

सुकिला नोट सटहीलाई साना र ठूला दरको सीमा तोकेर सटही सुविधा दिन सकिने उनले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष