एक सय बढी अर्थका अधिकृतहरु चलाइँदै,सरुवा सूची यसै साता

२ सचिव,१७ सहसचिव र ५८ जना उपसचिव यता उता पारिसकेको अर्थ मन्त्रालयले ठूलो संख्यामा अधिकृतहरुको सरुवा तयारी गर्दैछ । मन्त्रालयले मातहतका भन्सार विभाग आन्तरिक राजस्व विभागमा कार्यरत अधिकृतहरुको सरुवाको गृहकार्य गरिरहेको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले घिमिरे वन्धु दुई सचिवलाई अर्थमा भित्र्याएसँगै १७ सहसचिवहरुको सरुवा गरिसकेका छन् । गत भदौं २ गते अर्थमन्त्री विष्णु पौडेलले अर्थका १५ जना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका थिए । जसमा दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ । यस्तै, यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक,उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालयअन्तर्गतको जिम्मेवारी दिइएको छ । यस अघि नै मन्त्री पौडेलले अन्ताराष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकेका थिए ।

बिज्ञापन

हाल अर्थ मन्त्रालय मातहत २५ सहसचिव कार्यरत छन्,मन्त्रालयमा ९ सहिसचिव छन् । त्यहाँ क्रमश बजेट तथा कार्यक्रम महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरबहादुर खत्री, प्रशासन महाशाखा प्रमुख मदन दाहाल, आर्थिक नीति विश्लेषण महाशाखा महेश आचार्य, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख थानप्रसाद पंजानी, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख बलसागर गिरी र योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख महेश भट्टराईले जिम्मेवारी सम्हालिहरेकाछन् । त्यहाँ महाशाखा ९ वटा छन्, सहसचिव १० जना कार्यरत छन् ।

बिज्ञापन

गत सातामात्र अर्थले ५८ उपसचिव तहका कर्मचारीको सरुवा टुंग्याइसकेको छ । मन्त्रालयले विभाग,आराका लगायतका कार्यालयमा रहेका उपसचिवहरुलाई चलाइसकेपछि कम्तिमा १ सय अधिकृतहरुको सरुवाको गृहकार्य चलिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयले अधिकृतको सरुवाको सूची यसै साता निकाल्ने गरी गृहकार्य गरिरहेको जनाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष