कोलकाता,ल्हासा र ग्वान्जाउमा महावाणिज्यदूत नियुक्त

सरकारले तीन देशका लागि महावाणिज्यदूत नियुक्त भएका छन् । चीनका ल्हासा र ग्वान्जाउ र भारतको कोलकाताका लागि माहावाणिज्यदूत नियुक्त गरिएको हो ।

बिज्ञापन

गत महिना सरकारले ५९ वना सहसचिवहरुको सरुवा गर्दा तीन सहसचिवलाई परराष्ट्र मन्त्रालयमा खटाएको थियो । जसमा महावाणिज्यदूत नियुक्त गर्ने गरी सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला परराष्ट्रमा सरुवा भएका थिए ।

बिज्ञापन

गृहका प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्य,लक्ष्मी प्रसाद निरौला र विन्देश्वर प्रसाद लेखकलाई महावाणिज्यदूत नियुक्ति गर्ने गरी परराष्ट्र मन्त्रालयमा लगिएको थियो ।

कोलकातामा सहसचिव  आचार्य, ग्वान्जाउमा भरत खनाल र ल्हासामा लक्ष्मीप्रसाद निरौला नियुक्त भएका हुन् ।पूर्ववर्ती सरकारले यी निकायमा अर्जुन भण्डारी,नवराज ढुङ्गना,नारायण भट्टहरुलाई पठाउने तयारी गरेको थियो तर सरकार परिवर्तन हुँदा उनीहरु महावाणिज्यदूत बन्न पाएनन् । अर्जुन र नवराजलाई प्रदेशतिर खटाइएको छ भने भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा खटेका छन् ।

बिज्ञापन

महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष