एकनारायण आज निमित्त,पछि कन्फर्म मुख्यसचिव

सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ ।

बिज्ञापन

मुख्यसचिव लीलादेवी गड्तौलाको कार्यकाल १४ भदौ अर्थात् भोलि सकिने भएकाले सरकार नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा जुटेको हो ।

बिज्ञापन

नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछिन् । गत असार ९ गते बैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी थिइन । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको ठाउँमा लीलादेवी गड्तौलालाई क्रमशः निमित्त, कामु बनाउँदै दुई महिनाका लागि मुख्यसचिव बनाइएपछि यसबारेको निजामतीमा राम्रै चर्चा सुनिएको थियो ।

लीलादेवी घर फर्किए पछि उक्त कुर्सीमा २७ औं मुख्य सचिवका रुपमा एकनारायण अर्याल पुग्ने भएका हुन । मुख्य सचिव हुने रोलक्रममा पाँच जना सचिव दाबेदार देखिएका छन् । ती पाँच सचिवमध्ये प्रधानमन्त्री ओलीको रोजाइमा परेका सचिव मुख्यसचिव हुनेछन् । अहिले मुख्यसचिवका लागि सचिव तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराई पहिलो लाइनमा छन् । ज्ञवाली राष्ट्रिय योजना आयोग, सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव र भट्टराई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव छन् । यस्तै गृहसचिव एकनारायण अर्याल र अर्जुन पोखरेल प्रतिष्पर्धामा छन् । यी पाँच मध्येबाट अर्याल मुख्यसचिव बन्ने भएका हुन ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आजको क्याविनेट बैठकले अर्याललाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिँदै मुख्य सचिव बनाउन लागेको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष