काण्डमा मुछिएका हाकिम र सुब्बाको मालपोत कार्यालय भक्तपुरमा आतंक

गत बर्ष एउटा डम्बरु नामक कर्मचारी चर्चामा थिए,रंगिला कर्ममा कारण । यस बर्ष त्यस्तै नाम मिल्ने अर्को सेटिङका माइण्ड मास्टर नासु तहका कर्मचारीको चर्चा छ भूमि व्यवस्था मन्त्रालयतिर । उनी हुन डम्बर बहादुर कार्की ।

बिज्ञापन

गत १७ साउनमा भूमि व्यवस्था विभागले एकै पटक ७० कर्मचारीको सरुवा गर्यो । उक्त सरुवामा सुब्बा,खरिदारदेखि शाखा अधिकृत तहसम्मका कर्मचारी सरुवा भएका छन् । तत्कालीन सचिव गोकर्णमणि दुवाडी सरुवा भएर हिड्नु र अर्जुन पोखरेल भूमिमा हाजिर हुनु अगाडि केही जग्गा विचौलिया,मन्त्रीका सचिवालयका केही कर्मचारी र भूमि व्यवस्था विभागका कर्मचारीको मिलेमतोमा यो सरुवा भएको बताइएको छ । उक्त सरुवाको सूची दुई हप्ता बढी भइसक्दा समेत गुपचुप राखिएको छ । सरुवा गरिँदा अधिकांश कर्मचारीलाई उपत्यकाभित्रबाट उपत्यकाभित्रै सरुवा गरिएको छ ।

बिज्ञापन

स्रोतका अनुसार खरिदार तहका कर्मचारीसँग ५ लाख,सुब्बा तहका सँग सात लाख र अधिकृत तहका कर्मचारीबाट १० लाखका दरले असुलेर उपत्यकाको कार्यालयबाट उपत्यकाकै कार्यलयमा सरुवा गरिएको छ । यसरी कर्मचारी सरुवा गर्ने माष्टरमाइण्ड खेलाडी हुन नायब सुब्बा तहका डम्बर बहादुर कार्की (कर्मचारी संकेत नम्बर २२४९६२),मालपोत कार्यालय लतिपुरबाट उनी भक्तपुर मालपोत कार्यालयमा पुगेका छन् । ललितपुर मालपोतमा हुँदा अधिकृत कृष्ण सापकोटा र डम्बर मिलेर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण र अनेकन फण्डा मच्चाएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चलिरहेको छ । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँग राम्रो सम्बन्ध रहेका कार्की तीन महिनासम्म कार्यालयमा हाजिर नभएका उनी सिधै ललितपुरबाट भक्तपुर मालपोतमा पुगेका हुन । यो सरुवामा झण्डै एक करोडको चलखेल रहेको मन्त्रालय स्रोतको दावी छ ।डम्बर तिनै कर्मचारी हुन,यस अघि उनै कृष्ण सापकोटाले कारवाही गरेका थिए सो समयमा उनी मन्त्रालयमा थिए । यसरी आफैंले कारवाही गरेका कर्मचारीलाई दुई महिना नबित्दै एउटा मालपोत कार्यालयबाट अर्को मालपोत कार्यालयमा सरुवा गरिदिएका छन् ।

अहिले त्यहाँका हाकिम छन्,कुमार आचार्य । यस अघिका कार्यालय प्रमुख लोक भण्डारी सरुवा भएर हिडेसँगै सो ठाउँमा भैरहवा मालपोतबाट भक्तपुरको हाकिम हुन आएका हुन । उनी यस अघि भैरहवा मालपोतको कार्यालय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारसम्म पुगेको थियो ।

बिज्ञापन

विमानस्थलको धावनमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको नाममा दर्ता भएको तथ्य गत साता मात्र बाहिरिएको थियो। भूमाफियाहरूले हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिर भएको जग्गा मिश्रको नाममा दर्ता गराएका प्रकरण पछि अदालत हुँदै अख्तियारसम्म पुगेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसहित विभिन्न स्थानमा रहेको ४ बिघा १६ कठा ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य उजागर भएको थियो । यसरी भूमाफियाको मिलेमतोमा सरकारी जग्गा नै व्यक्तिको नाममा गराउनेहरु अहिले एकै ठाउँमा पुगेका छन् ।

अहिले विचौलियाहरुकै इन्ट्रेस्ट अनुसार सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउँदै आएका उपसचिव (कार्यालय प्रमुख) र नायब सुब्बा एउटै कार्यालयमा पुग्नु,त्यो पनि समय अगावै सरुवा हुनु,एउटा कार्यालयमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर अनुसन्धान चलिरहेको व्यक्तिलाई अर्को मालपोत कार्यालयमै लैजानु र मुद्धा शाखा ( ख) महत्वपूर्ण फाँटको जिम्मेवारी दिनुको पछाडि विचौलियाको मुख्य भूमिका रहेको चर्चा गरिँदै छ मन्त्रालयतिर । अहिले उनै दुई हाकिम कुमार आचार्य र नायब सुब्बा डम्बर बहादुर कार्की मिलेर मालपोत कार्यालय भक्तपुरमा आतंक मच्याएको त्यहिका एक कर्मचारीले बताएका छन् । दुई जना मिलेर चाहिने नचाहिने काम गर्न थालेका  एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष