नवनिर्मित भवनमा एभरेष्ट बैंकको बानेश्वर शाखा, डिजिटल संसार सेवा सुरु

एभरेष्ट बैंकको बानेश्वरस्थित शाखा साविक स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको छ। बैंकले शाखा स्थानान्तरित भवनबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालन भएको जनाएको छ।

बिज्ञापन

बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले नयाँ भवनबाट कारोबार सञ्चालनको उद्घाटन गरे। उनले नयाँ भवनबाट नयाँ बानेश्वर र आसपासका बासिन्दालाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाए।

बिज्ञापन

बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने डिजिटल संसार सेवा सुरु गरेको छ। उक्त डिजिटल संसारमा बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिइनेछ भने एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिटका साथै सेवासम्बन्धी गुनासो सम्बोधनसमेत डिजिटल प्रविधिबाट गरिने बैंकले जनाएको छ।

बैंकले हाल १२८ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६६ एटीएम र ३२ राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष