मालबाहक ट्रकमा १६१ किलो गाँजा फेला, दुई जना पक्राउ

पर्सा – पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवन राप्ती नगरपालिका-३ बस्ने २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना३ख ४२१२ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा आइतबार राति गाँजा फेला पारेको हो।पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार महानगरपालिका-१८ भवानीपुर सीताराम चोकस्थित सडकबाट उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

बिज्ञापन

ट्रकको हुटमा फल्स बनाई प्लाष्टिकमा बेरेर राखिएको १६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको लम्सालले बताए।कृष्ण ट्रकका चालक हुन् भने रोनाल ट्रकमा सवार व्यक्ति थिए। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष