कारभित्रै मृत भेटिएका प्रहरीलाई गोली हानेको पुष्टि, इन्सपेक्टर नै शंकाको घेरामा

बाराको जितपुरसिमरा उप-महानगरपालिका-११ स्थित सडक छेउमा कारभित्र मृत भेटिएका रुम्बाको गोली हानी हत्या भएको पुष्टि भएको छ। गत शनिवार बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र सिमरा बिमानस्थलमा नेपाल प्रहरीको कार्यालय सहयोगीको रुपमा कार्यरत राजकुमार रुम्बा मृत भेटिएका थिए।

बिज्ञापन

उक्त कार सिमरा विमानस्थलमै कार्यरत राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको भएको खुलेको थियो। रुम्बाले निरीक्षक तिवारीसँग कार मागेर बाहिर निस्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिका–१, सेन्डिगेट घर भएका रुम्बाको शव जितपुरसिमरा उपमहानगरपालिका–११, अमाडरस्थित पुलछेउमा निजी कारभित्र फेला परेको थियो । मृतकको टाउकोमा चोट थियो ।घटनाको अनुसन्धान भने अझै निष्कर्षमा पुगेको छैन । स्रोतका अनुसार घटनामा शंकास्पद भूमिका देखिए प्रहरी राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारी नियन्त्रणमा छन् ।उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । अन्य केही शंकास्पदलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष