भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ ।
बिज्ञापन
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
बिज्ञापन
मंगलबार बिहान आफैँ प्रहरीमा उपस्थित भएका मिलनले अभियोग स्वीकार गरेका छन्। पारिवारिक तनावका कारण आफूले हत्या गरेको उनकाे साबिती छ । ‘म पनि धेरैपटक लोकसेवाको परीक्षामा फेल भएँ, बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ सोधपुछमा आबद्ध एक प्रहरीले उनलाई उद्धृत गर्दै भने, ‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’ हत्यापछि आफूले पनि आत्महत्या गर्ने योजना बनाएको, तर असफल भएको उनले प्रहरीमा बताएका छन् ।
पक्राउ परेका मिलनलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने एसएसपी भट्टराईले बताए ।
बिज्ञापन
उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाउने छ ।