काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् ।
बिज्ञापन
पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
जंगम भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा सक्रिय थिए । उनलाई प्रहरीले सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको हो । सो सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो। जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल हुन् ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार उनीमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न माग गरेको छ।
बिज्ञापन