निलम्बित कर्मचारीको तलब भुक्तानीमै ५१ लाख ४७ हजार

निलम्बित कर्मचारीहरुको तलब भुक्तानीमै राज्य कोषबाट ५१ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विभिन्न समयमा निलम्बनमा परेका कर्मचारीहरुको तलब भुक्तानीका लागि भन्दै अर्थ मन्त्रालयले उक्त रकम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई थप रकम रकमान्तर निकासा गरेको हो ।

बिज्ञापन

पछिल्लो दुई बर्षमा १०५ कर्मचारी निलम्बनमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,पछिल्ला दुई बर्षमा सहसचिव २, १३ जना उपसचिव, ३३ जना अधिकृत, ११ जना नायब सुब्बा र एक जना खरिदार गरि ६० जना कर्मचारी निलम्बनमा परेकामध्ये २३ जनाको निलम्बन फुकुवा भएको थियो ।

बिज्ञापन

सरकारले गत आर्थिक बर्षमा जगेडामा रहेका कर्मचारीको तलब भुक्तानीमा १८ करोड भुक्तानी गरेको थियो भने त्यस भन्दा अघिल्लो आर्थिक बर्षमा अतिरिक्त समूहमा रहेका कर्मचारीका लागि ११ करोड तलब भुक्तानी गरेको थियो ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राष्ट्र संघको मुख्यालय आयोजित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधि मण्डलका लागि ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष