थप तीन उपसचिव सहसचिव तहमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले इन्जिनियरिङ सेवाका २ जना र कृषि सेवातर्फका एक उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
जसमा नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी इन्जिनियरिङ समूह,जनरल जियोलोजी उपसमूहबाट दिनेशकुमार नापित बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहबाट नारायण प्रसाद रेग्मी बढुवाका लागि सिफारिस हुँदा नेपाल कृषि सेवा,कृषि प्रसारतर्फका हिक्मत कुमार श्रेष्ठ सहसचिवमा बढुवा सिफारिस भएका छन् ।
बिज्ञापन
यस अघि नेपाल इन्जिनियरिङ सेवाका योगेन्द्र मिश्र, नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल इन्जिनियरिङ समूहका नूतन प्रकाश शर्मा बढुवाका लागि सिफारिस भएका छन् ।
उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।
बिज्ञापन
यस अघि नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेल,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलियालाई बढुवाका लागि सिफारिस भइसकेका छन् । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।