नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
बिज्ञापन
प्राधिकरणले अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जनाका लागि दरखास्त आह्वान गरेको हो । प्राधिकरणले सातौं देखि दशौं तहसम्मका १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८ सय ८८ जना खुला,समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ।
बिज्ञापन
अधिकृतस्तरमा ६२ जना इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ।यो सातौं तहको पद हो । यस्तै प्रशासकीय अधिकृतमा ३८,लेखा अधिकृतमा ३१, कम्प्युटर इन्जिनियर २१, सिभिल इन्जिनियर ९ जना गरिएको छ ।
आठौं तहका पदमा सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ भने दशौं तहको प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८जना माग गरिएको छ ।
मिटररिडिङ सुपरभाइजर ४१, लेखापाल ३९ जना, इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना, मेकानिलकल सुपरभाइजर १९ जना माग गरिएको छ । यी पाँचौ तहका पद हुन ।
बिज्ञापन
दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ।