थप ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
हिजो बढुवा सिफारिस समितिको बैठकले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । समितिले नेपाल इञ्जिनियरिङ सेवा समूहतर्फका तीन उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
जस अनुसार नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास बढुवाका लागि सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलिया सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा हुने बढुवा हुन लागेका हुन ।
यस अघि नेपाल आर्थिक योजना तथा तथ्यांक् सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरेको छ । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।