प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिज्ञापन
बैठकमा पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल हुनुका साथै केही सहसचिवहरूको सरुवा हुन सक्ने बुझिएको छ ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।
बिज्ञापन
मन्त्रिपरिषद् बैठकका एजेन्डा के के भन्ने त खुलेको छैन तर कुलमानबारे प्रश्न उठिरहेका छन्, त्यसबारे केही छलफल हुनसक्छ’, एक मन्त्रीको भनाइ छ ।