ठूलो परिणाममा तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी ८ गणका गणपति एसपी दर्शन गिरीसहित एक दर्जन अधिकृतलाई कारवाहीको तयारी गर्दै छ । गरिएको स्रोतले बताएको छ । सशस्त्र प्रहरी बले हेडक्बाटरले गिरीलाई पाँच दिनअघि मूख्यालय बोलाएर सोधपुछ गरिरहेको स्रोतले बतएको छ । सशस्त्र प्रहरी बलको कानुन शाखाले २४ घण्टे लगाउँदै सशस्त्र एसपी गिरीलाई बोलाएर शुक्रबारदेखि सोधपुछ गरेको हो । ‘उहाँलाई मुख्यालयले केही कुरा बुझ्नु पर्ने भनेर कानुन शाखामार्फत गत शुक्रबार बोलाइएको छ, उहाँमाथि परेका उजुरी उपर छानवीन हुँदैछ’, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।
बिज्ञापन
त्यस्तै तीन डिएसपी चार इन्स्पेक्टर र एक सईलाई तानेर कारवाहीको तयारी गरेको हो । डिएसपी कपिलवस्तु कृष्णनगर बिओपीमा डिएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, मटिहर्वा बाराका विदुर भट्टराई त्यस्तै इन्स्पेक्टर नवराजपुर सिरहाका रोशन थापा, कमडुवा सुनसरीका प्रकाश विक्रम कार्की, नोचा मोरङका जय बहादुर दथेपुथे, साम्सी महोत्तरीका कृष्ण बहादुर गुरुङ, फुलगामा धनुषाका गणेश कुमार बोहोरा तिरिङ झापाका खेम बहाखुर कटुवालाई मूख्यालय तानेर कारवाहीको प्रकृया सुरु गरिएको छ ।
बिज्ञापन
बाराको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका डीएसपी विदुर भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी आएपछी छानबिनकालागी मुख्यालय तानिएको छन् । डीएसपी भट्टराईमाथी छानबिन र अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराए ।डीएसपी भट्टराईले तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा परेको थियो । डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले ६ दिन अगाडि तानेको हो ।
धनुषाको इनर्वा, जटही, दुहबी, खजुरी, फूलगामा, इटहर्वा, मैनाथपुर लगायतका सीमावर्ती नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा संगठित तस्करी गराएको आरोपमा एसपी गिरीमाथि छानवीन शुरु भएको हो । तराईका सीमावर्ती नाकाबाट ठूलो मात्रामा संगठित तस्करी गराउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवैको साथ सहयोग चाहिने गर्छ । धनुषाका यी नाकाबाट बिगत लामो समयदेखि दुवै सुरक्षा संयन्त्रको सहयोगमा स–साना झोलेपोके तस्करीमा कडाइ गरेको देखाएर ठूलो स्केलमा व्यापक तस्करी मौलाएको छ ।
बिज्ञापन
सशस्त्र एसपी गिरी र नेपाल प्रहरीका एसपी तिवारीले धनुषाका सीमा क्षेत्रबाट संगठित तस्करी गराएको दर्जनौं उजुरी सशस्त्र मुख्यालय र प्रहरी प्रधान कार्यालय नक्सालमा परेका थिए । उनीहरुको मिलेमतोमा बदमासी भएको थाहा पाएपछि मधेश प्रदेशका लागि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले एक विशेष टोली परिचालन गरेका थिए । सोही टोलीले दिएको रिपोर्टको आधारमा उनलाई मुख्यालयले सोधपुछका लागि बोलाएको हो ।
सशस्त्र प्रहरीभित्र आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धर्मपुत्रको रुपमा प्रस्तुत गर्दै हिड्ने गिरीमाथि छानबिन गर्न थालेपछि उनी विभिन्न शक्ति केन्द्र धाउन थालेको छन् । उनी प्रचण्डपुत्री रेणु दाहाल र गंगा दाहाललाई दिदी नाता लगाएर सशस्त्र प्रहरी मुख्यालयमा आएर फूर्ति लगाने गरेको थिए । अघिल्लोपटक प्रचण्ड सरकारमा हुँदा नै धनुषा सरुवा गराउन सफल भएका गिरी शैलेन्द्र खनाल आइजीपी हुँदा सामाजिक सञ्जालमा स्टाटस लेखेर नेतृत्वलाई ठिक लगाउने धम्की दिएका थिए । यसपटक भने आइजीपी राजु अर्यालको फेला परेका छन् । अर्याललाई प्रचण्डको सोर्स लगाएर गएकै कारण उनी कमाउ धन्दामा लागेका थिए । केही महिना अघि मात्रै सशस्त्र मुख्यालयले अनुगमनका लागि खटाएको टोलीले धनौजी नाकाबाट भन्सार छलीका सामानसहित तीन वटा मोटरसाइकल बरामद गरेपछि उनलाई मूख्यालय बोलाएर चेतावनी दिइएको थियो । बैतुल्लाह नामक व्यापारीले भारतबाट ती मोटरसाइकलमा लत्ताकपडा र जुत्ता चप्पल तस्करी गरी ल्याएको खुलेको छ । एसपी गिरी यसअघि सशस्त्रको रसुवास्थित गुल्मको डीएसपी हुँदा सुन र रक्तचन्दनमा विवादमा परेका थिए ।
नवराजपुर बिओपी सिराहका इन्स्पेक्टर रोशन थापा, बीओपी अमडुवाका सुनसरीका प्रकाशविक्रम कार्की, मोरङ नोचा बिओपी जयबहादुर दथेकुथे, धनुषा ८ नं गण मातहतका बिओपीमा फूलगामा कार्यरत गणेश बोहोरा र कृष्ण गुरुङ समसिओपी महोत्तरीलाई तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ । यसैगरी सई खेम कटुवाललाई झापाको टिरिङ्गाबाट तानेर कारवाहीको तयारी थालिएको छ । उनीहरुलाई प्रहरी प्रधानकार्यालयबाट खटिएको विशेष टोलीले लामो समय निगरानीपछि दिएको रिपोर्टको आधारमा कारवाहीको तयारी भएको हो ।