मुख्यसचिवको १ बर्ष र सचिवको कार्यकाल २ बर्ष घटाउन प्रस्ताव

नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल घटाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितीको बैठकमा चलिरहेको संघीय निजामती विधेयकमा उनले मुख्य सचिव र सचिवको कार्यकाल घटाउन प्रस्ताव गरेका हुन ।

बिज्ञापन

हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ । परियारले मुख्यसचिवको कार्यकाल १ बर्ष र सचिवको कार्यकाल २ बर्ष घटाएर मुख्यसचिवको दुई र सचिवको कार्यकाल ३ बर्ष गर्न प्रस्ताव गरिएको हो ।

बिज्ञापन

मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष कायम गराऊ अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्ने परियारको भनाइ रहेको छ ।

‘अहिलेको कानुनअनुसार सचिवको कार्याकाल पाँच वर्षसम्म कायम राख्ने हो भने हालै सहसचिवमा प्रवेश गरेका कर्मचारीलाई सचिव पदमा पुग्न कम्तीमा १४ वर्ष लाग्छ । दुई तीन वर्षअघि सहसचिव भएका कर्मचारीलाई सचिवमा बढुवा हुन कम्तीमा १० वर्ष लाग्ने हुँदा मुख्य सचिव र सचिवको कार्यकाल घटाउँदा कर्मचारी क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन र कर्मचारीहरूको वृत्ति विकासका लागि पनि सचिव र मुख्यसचिवको कार्याकाल छोट्ट्याउनु पर्ने कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

कर्मचारीहरूको वृत्ति विकासका लागि पनि कार्याकाल छोट्ट्याउन अति आवश्यक भएको प्रशासकहरु बताउँछन् ।  मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउँदा सहसचिवहरू सचिवमा र सचिवहरू मुख्यसचिवमा बढुवा हुने सम्भावना अहिलको भन्दा धेरै बढी हुन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष