पोखरामा ड्रागन बोर्ड रेस प्रतियोगिता हुदैँ

काठमाडौं । ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ ।

बिज्ञापन

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुन लागेको जानकारी गराईको हो ।

बिज्ञापन

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ ।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिंदै आइरहेको छ । दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ ।
प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

बिज्ञापन

पोखरामा हिमाल, ताल तलैया, गुफा, मठ मन्दिर सँगै सयौं भाषा, कला र सास्कृतिक विविधताले पोखरा सुशोभित छ । पछिल्लो समय पोखरा ड्रागन बोट रेस प्रतियोगिता, प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर, हट एयर बेलुन, स्काई डाईभिङ लगायतका साहसिक तथा मनरोञ्जनपूर्ण खेलहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाइरहेका छन् । पोखरा लगायत समग्र गण्डकी प्रदेशको आर्थिक समृद्धि, स्वरोजगार तथा आत्मनिर्भरताका लागि पोखराको पर्यटनलाई योजनाबद्ध रूपमा अगाडि बढाउन जरुरी छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष