एमाले कर्मचारीलाई महासचिवको ढाडस :- “कसैले चाहेर सरकार ढल्दैन,ढुक्कले काम गर्नुहोस”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्मचारीलाई ढुक्क भएर काम गर्न भनेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औं केन्द्रीय परिषद् बैठकमा बोल्दै उनले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने दावी गरेका हुन ।

बिज्ञापन

भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दावी गरेको समाचार बाहिरिएको भोलिपल्ट नेकपा एमालेका महासचिव पोखरेलले यस्तो दावी गरेका हुन ।

बिज्ञापन

प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेको ठोकुवा गरेका हुन् । अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरेका थिए । नवभारत टाइम्ससँग उनले भनेका छन्,तीन महिना अगाडि बनेको सरकार १५ देखि ३० दिनभित्रमै ढल्नेवाला रहेको खुलासा गरेको भोलिपल्ट पोखरेलले यस्तो बताएका हुन ।

‘अहिलेको सरकार संसदका ठूला दुई दलको बलियो सरकार हो। यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ उनले भने, ‘यथार्थ यही हो, नडराई ढुक्कले काम गर्नुस्,पोखरेलले अगाडि भने, जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासनतर्फ जाने कुरामा ध्यान जानुपर्ने छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष