नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्ष पदमा प्रेस सेन्टरका केशवप्रसाद पौडेल चयन भएका छ्न ।
बिज्ञापन
नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा महेश्वर गजुरेल निर्बिरोध, महिला उपाध्यक्ष कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, सहसचिव समावेशीमा सानुकान्छा लोप्चन शैलेश कोषाध्याक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
बिज्ञापन
यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने सुस्मा न्यौपाने त्यस्तै केन्द्रीय परिषद्द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए ।
उक्त जिल्लामा तेत्तीस मतदाता रहेकामा ३१ मत खसेको थियो ।