एक सय जनाको आँंखाको शल्यक्रिया गरियो

भक्तपुर, २३ मंसीर ।  नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मंसिर १७ गतेदेखि २२ गतेसम्म संचालन गरिएको मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सफलताका साथ सम्पन्न भएको छ ।

बिज्ञापन

 

बिज्ञापन

गाँउपालिकाका बिभिन्न वडाहरुमा मंसिर १७ गतेदेखि १९ गतेसम्म मोतिबिन्दु छनौट शिविर संचालन गरिएको थियो । शिविरबाट एक हजार तीन सय ६ जना बिरामीहरुले आबश्यक ओषधि सहित प्रत्यक्ष उपचार पाएका थिए भने एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएको थियो ।

शिविरबाट छानिएका मोतिबिन्दु शाल्यक्रिया गर्नुपर्ने विरामीहरूको मंसिर २१ र २२ गते घर्तिछाप स्वास्थ्य चौकीमा शल्यक्रिया सम्पन्न भएको छ । एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएकोमा जम्मा एक सय जनाको शल्यक्रिया गरिएको शिविरका संयोजक तथा ख्वप तिलगंगा अाँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताए ।

बिज्ञापन

शिविर महाभारत गाउँपालिकाका संपूर्ण वडाहरुलाई पायक पर्ने गरी मोतिबिन्दु छनौट शिविर राखिएको थियो। शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग बिशेषज्ञ तथा अाँखा अस्पताका प्रमुख सुदीप राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको हो ।

यसअघि ख्वप तिलगंगा अाँखा अस्पतालले भक्तपुर तथा आसपासका जिल्लाहरुमा एकदिने मोतिबिन्दु छनौट शिविर राखिएता पनि शल्यक्रिया सहितको शिविर पहिलो पटक महाभारत गाँउपालिकामा गरिएको इन्चार्ज अधिकारीले बताए ।

शल्यक्रिया शिविरमा १३ बर्षको बालकदेखि १०० बर्षसम्मको बृद्वबृद्वाको शल्यक्रिया गरिएको थियो । शिविरमा एकै घरका बिगत ११ बर्षदेखि दुबै अाँखाको ज्योती गुमाएका दिदी, भाइको पनि दुबै अाँखाको सफल शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष