यस्तो छ संघीय निजामती सेवा विद्येयकमा माननीयहरुको १५५३ संशोधन प्रस्ताव

संसदमा आएको ९ महिनापछि संघीय निजामती विधेयक माथि आइतबारदेखि दफावार छलफल प्रारम्भ भयो तर सांसदहरू गैरजिम्मेवार देखिए ।उक्त विधेयकउपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूचीसहित हिजो बैठक बोलाइएको थियो ।

बिज्ञापन

आइतबारको बैठकमा ४० जना संशोधनकर्तालाई बैठकमा बोलाइएको थियो । बैठकमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ७ जनामात्र संशोधनकर्ता बैठकमा रहे । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित प्रतीक्षा तिवारी, विजुला रायमाझी, चन्दा चौधरी, रन्जुकुमारी झा, अच्युत मैनाली, उर्मिला माझी उपस्थित भएका थिए ।आइतबार संशोधन प्रस्तावमा छलफल गर्न उपस्थित भएका सांसदहरूले कर्मचारीमा रहेको दलगत ट्रेड युनियन खारेज गरिनुपर्ने धारणा राखेका छन् । । सांसदहरु अच्युत मैनाली,नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझी,रञ्जु कुमारी झा लगायतले पनि दलगत कर्मचारी युनियनहरु हटाउनुपर्ने बताएका छन् ।

बिज्ञापन

सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो ।

सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । ९ महिना अगाडि प्रतिनिधि सभामा दर्ता भएर अलपत्र परिरहेको संघीय निजामती सेवा विद्येयक अगाडि बढाउने बिषयमा बल्ल गृहकार्य अगाडि बढाइएको छ । असार २ गते समितिले पहिलो पटक उक्त विद्येयक उपर छलफल गर्ने तत्कालीन गृहमन्त्री सहितलाई आमन्त्रण गरेको थियो तर एनजीओका खाजा लफडाका कारण उक्त विद्येयक उपर छलफल अगाडि बढ्न सकेको छैन । विद्येयकमा विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन । यस पटक गत जेठमै संसदबाट समितिमा पुगेको विद्येयक झण्डै नौ महिनासम्म अलपत्र परिरहेकोमा बल्ल अगाडि बढाइएको उक्त विद्येयक उपर छलफलमा संशोधनकर्ताहरु नै अनुपस्थित भएर गैह्र जिम्मेवारी प्रकट गरेका हुन ।

बिज्ञापन

विद्येयकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले संघीय निजामती सेवा ऐनको नाम परिवर्तनको प्रस्ताव गरेका छन् । जसमा ६ वटा प्रस्ताव संघीय निजामती सेवा ऐनको नाम परिवर्तनका लागि संशोधन प्रस्ताव परेको संघीय संसद सचिवालयले जनाएको छ । जसमा सार्वजनिक सेवा ऐन, नागरिक प्रशासन सेवा ऐन, राष्ट्रसेवक कर्मचारी सेवा ऐन, देश र जनताको सेवा गर्ने कर्मचारी सेवा ऐन, संघीय नागरिक सेवा ऐन र संघीय सार्वजनिक सेवा ऐन लगायत रहेका छन् ।

काँग्रेसको तर्फबाट सार्वजनिक सेवा ऐन,नेकपा एकीकृत समाजवादीका सांसदहरूले नागरिक प्रशासन सेवा ऐन,नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले राष्ट्रसेवक कर्मचारी सेवा ऐन,नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले देश र जनताको सेवा गर्ने कर्मचारी ऐन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संघीय सार्वजनिक सेवा ऐन बनाउनु पर्ने प्रस्ताव राखेका छन् । यस्तै गगन थापाहरुको समूहले बहालरत सरकारी कर्मचारीलाई कुनै पनि संवैद्यानिक निकायमा नियुक्त गर्न नहुने प्रस्ताव गरेका छन् । उनीहरुले राजश्व समूह अन्तर्गत कर समूह र भन्सार समूह बर्गीकरण गर्ने प्रस्ताव गरेका छन् ।

यस्तै ऋृषिकेश पोखरेलले सेवा प्रवाहको क्रममा त्रुटी भए कार्यालय वा कर्मचारीबाटै भराउने प्रस्ताव गरेका छन् । तारा लामा,रेखा यादव,रामप्रकाश चौधरी,महेन्द्रबहादुर शाही लगायतका माननीयहरुले सरकारले २२ भदौंमा दिइने निजामती पुरस्कारमा समायोजित कर्मचारीलाई समेत समेट्ने व्यवस्था गर्न माग राखेका छन् ।

यस्तै, विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको संघीय निजामती सेवाको पद हुने व्यवस्था गरिएको छ। १० वर्षसम्म संघबाट खटाइने व्यवस्था पनि विधेयकमा गरिएको छ। यस्तै उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने प्रावधान विधेयकमा समेटिएको छ। सरकारलाई पेन्सन दायित्व भने केही कम गरिएको छ। सेवा प्रवेशमा सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

यस्तै संघीय निजामती सेवा विधेयक २०८० को दफा २ को उपदफा खण्ड ङ मा संशोधन गर्दै संघीय निजामती कर्मचारी भन्नाले संघीय निजामती सेवामा पदमा बहाल रहेको कर्मचारी बुझ्नुपर्ने, निजामती कर्मचारी भन्नाले संसद सेवा,स्वास्थ्य सेवा,प्रदेश निजामती सेवा र स्थानीय सेवाका पदमा बहाल रहेका कर्मचारी बुझ्नुपर्ने भन्दै सांसदहरु दिलेन्द्रप्रसाद बडु,मैना कार्की,रामनाथ अधिकारील संशोधन प्रस्तावमा उल्लेख गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्कीले निजामती कर्मचारी भन्नाले संघीय निजामती सेवाको पदमा बहाल कर्मचारी सम्झनुपर्ने र सो शब्दले समायोजन ऐन २०७५ अनुसार प्रदेश र स्थानीय तहमा बहाल भएका कर्मचारी सम्झनुपर्ने जिकिर गरेकी छन् । उनले दर्ता भएको संशोधनमा मिलेसम्म श्रीमान् र श्रीमतीलाई पायक मिल्ने एकै ठाउँमा सरुवा मिलाउने प्रबन्ध गरिनुनपर्ने उल्लेख छ ।यस्तै सांसदहरु रमा कोइराला,मैना कार्की,राजेन्द्र केसी,अञ्जनी श्रेष्ठ,सुशीला थिङ,पुष्पबहादुर साह,जाबेदा खातुन,चन्दा चौधरी,सपना राज भण्डारी,सीता गुरुङ,चित्रबहादुर केसी,देवप्रसाद तिमिल्सिना,चन्द्रबहादुर विश्वकर्मा,बद्री पाण्डे,मुक्ता यादव,नारायण आचार्य,रञ्जुकुमारी झा,छिरिङ ल्हामु लामा,सरिता भुसाल,प्रदीप पौडेलदेखि अब्दुल खान सहितका सांसदहरुले निजामतीको परिभाषाले संघको मात्र नभई प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेट्नु पर्ने संशोधन प्रस्ताव हालेका हुन ।

nijamati samsodhan

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष