संघीय निजामती सेवा विद्येयकमाथि दफादार छलफल शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि आइतबारदेखि दफावार छलफल अगाडि बढाएको हो ।
बिज्ञापन
संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफावार छलफल सुरु भएको हो । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २१ फागुन २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो ।
बिज्ञापन
सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । ९ महिना अगाडि प्रतिनिधि सभामा दर्ता भएर अलपत्र परिरहेको संघीय निजामती सेवा विद्येयक अगाडि बढाउने बिषयमा बल्ल गृहकार्य अगाडि बढाइएको छ । असार २ गते समितिले पहिलो पटक उक्त विद्येयक उपर छलफल गर्ने तत्कालीन गृहमन्त्री सहितलाई आमन्त्रण गरेको थियो तर एनजीओका खाजा लफडाका कारण उक्त विद्येयक उपर छलफल अगाडि बढ्न सकेको छैन ।
विद्येयकमा विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
बिज्ञापन
२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन । यस पटक गत जेठमै संसदबाट समितिमा पुगेको विद्येयक झण्डै नौ महिनासम्म अलपत्र परिरहेकोमा बल्ल अगाडि बढाइएको हो ।