एउटा मामुली सुव्वा तहको कर्मचारी सरुवा गर्न बूढानिलकण्ठ दरबार,वालुवाटारदेखि सरकारका दुई मन्त्री नै हात धोएर लाग्दा समेत केही सीप चल्दैन भने भन्न लाग्छ,मुलुक उनै पशुपतिनाथकै कृपाले चलिरहेको छ ।
बिज्ञापन
निजामतीभित्रको ‘वालेन’का रुपमा चिनिएका एउटा केटोलाई सरुवा गराउन काँग्रेस सभापति शेरबहादुर देउवाको स्वकीयदेखि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह,सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,सचिव भरतमणि सुवेदीदेखि काँग्रेसी कर्मचारी ट्रेड युनियनकर्मी भिड्न लागेको महिनौं भयो । आश्चर्य,सारा शक्ति एउटा नाथे सुब्बासँग लाग्दा समेत उनको सरुवा गर्न सकिएको छैन । यी सुव्वाको सरुवा यति पेचिलो बनेको छ कि,उपप्रधानमन्त्री प्रकाशमान सिंहले तत्काल सरुवा नगरे गठबन्धनमै कुरा उठाउने चेतावनी नै दिन भ्याएका छन्,सामान्य प्रशासन मन्त्रीलाई ।
बिज्ञापन
दलहरू समर्थित ट्रेड युनियनको नेता हुन खोज्नेहरूका भीडमा दलै बिनाको स्वतन्त्र ट्रेड युनियन दर्ता गरेर ०७९ सालदेखि स्वतन्त्र निजामती कर्मचारी संगठन खोलेर ट्रेड युनियनकर्मीहरुका लागि काउसो सावित भइरहेका उनै पशुपति पोखरेलले हो अहिले सिंहदरबारका मन्त्रीदेखि सचिवहरुलाई हत्तु खेलाइरहेका । अधिवेशन गर्न नसकेर अवैद्य भइसकेको आधिकारिक ट्रेड युनियनका कावा अध्यक्ष भोला पोखरेल उनका साखै भतिज हुन,नाताले । पशुपति ‘विग ६’ मानिएका राष्ट्रपतिदेखि मन्त्रीहरुसम्मलाई सामान उपलव्ध गराउने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका स्टोर हेर्दै आएका छन् ।
उनलाई त्यहाँबाट जसरी पनि हटाउने र उनै भानु देउवाको बहिनी ज्वाईलाई त्यहाँ पठाउने क्रममा यो यो लफडा निम्तिएको । भानुका आफ्नै बहिनी ज्वाई सुनिल रोकाय,सुव्वा तहमै कार्यरत छन् । पोखरेललाई त्यहाँबाट हटाएर आफ्ना मान्छे पठाउन काँग्रेसी ट्रेड युनियनकर्मी शहरी विकास मन्त्री सीता गुरुङ्गकै समयदेखि लागेका हुन । त्यस बेला सम्भव नभएको यो खेलो अहिले फेरि अगाडि बढेको हो ।
बिज्ञापन
त्यहाँ पठाउने योजना अनुरुप बझाङ्गे सुनिललाई शहरी विभाग हुँदै उक्त कार्यालयमा सरुवा पठाइएको थियो । तर दुई महिनासम्म पशुपतिले रमाना दिएनन् । शहरीले सात दिनभित्र रमाना दिन पत्र काट्यो । पशुपतिहरुले अर्को खेल खेले सामान्य प्रशासनमार्फत सुनिललाई गृहमा सरुवा गराइदिए । कमल भट्टराईहरुमार्फत सरुवा गृहमा गराइएको चाल पाए पछि भानु देउवा शहरी विकास मन्त्री प्रकाशमान सिङ्गदेखि कड्किए । प्रकाशमानले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई टेलिफोनै गरेर पशुपतिलाई तत्काल हटाएर जसरी भए पनि सुनिललाई संघीय शहरी आयोजनामा पठाउन आग्रह गरे अन्यथा गठबन्धन बैठकमा कुरा उठाउने चेतावनी समेत दिए । उपप्रधानमन्त्रीको यो घुर्कि पछि सामान्यले सुनिलको गृहमा भइसकेको सरुवालाई उल्टाएर अहिले फेरि शहरीमा ल्याइएकोमा सुनिललाई संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको स्टोरको जिम्मेवारी दिने काम तमाम भएको छ ।