संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रबृत्तिमा वैदेशिक अध्ययनमा जान चाहने कर्मचारीको नाम पठाउन आह्वान गरेको छ । कोरिया सरकारद्धारा उपलव्ध हुने छात्रवृत्ति कार्यक्रममा इच्छुक र योग्य उमेद्धारको मनोनयन गरी जानकारी पठाउन मन्त्रालयले आह्वान गरेको हो ।
बिज्ञापन
कारिया सरकारद्धारा नेपाल सरकारका निजामती कर्मचारीहरुलाई उपलव्ध गराइदै आएको छात्रवृत्ति कार्यक्रममा मनोनयनमा गरिँदा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।
बिज्ञापन
विभिन्न १६ वटा विधामा भाग लिन इच्छुक र योग्य उमेद्धारको मनोनयन गरी पठाउन मन्त्रालयले भनेको छ । १७ महिने मास्टर्स डिग्री कार्यक्रम आगामी २५ जनवरीदेखि शुरु हुने मन्त्रालयले जनाएको छ ।
korea scholarship-karmacharipress