त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरू देखा पर्न थालेका छन् । विगतमा बदनाम बनेको कार्यालय सुधारिन थालेको छ।
बिज्ञापन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा आजदेखि भीभीआईपी/भीआईपी डेक्स सञ्चालन भएको छ ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्कदा मुख्यसचिव एकनारायण अर्यालले डेक्सको अवलोकन गरेर आज सेवा सुचारु गरिएको अध्यागमन कार्यालयले जनाएको छ।
यसबाट भीभीआईपी/भीआईपी पदाधिकारीको डिपार्चर र एराईभल सोहि डेक्सबाट हुने प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले बताएका छन्।