कीर्तिपुरमा कसरी हार्यो एमाले,१६ वडामा यसकारण जित्यो रास्वपाले

४१ वटा स्थानीय तहको उपनिर्वाचनको मत परिणामले भन्दैछ,मतदाताहरु अझैं पनि कम्युनिष्ट प्रति आशक्त छन् तर कम्युनिष्ट पार्टीमा सम्पत्ति र सत्ताप्रति आशक्ति गहिरिदो छ । स्थान,पात्र उही,मतदाता उही जहाँ पहिलाभन्दा भन्दा झण्डै ११ प्रतिशत कम मत खसेको छ । माओवादी पार्टीले संगठन बिस्तार गरेको पनि होइन तर त्यहाँ रास्वपा वा एकीकृत समाजवादीबाट मत शिवशरण महर्जनलाई गएको हो भनिँदैछ । ४१ स्थानीइ तहमध्ये धेरै चासोका साथ हेरिएको कीर्तिपुर नगरपालिकाको बिषय हो यो ।

बिज्ञापन

त्यहाँबाट माओवादीले उमेद्धार बनाएका शिवशरण महर्जनले ७९ को स्थानीय तहको तुलनामा अहिले ४६५ बढी मत पाएका छन् । महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्दा एमालेमा सदैव किनारामा पारिएका सुरेन्द्र मानन्धर ४ हजार ३ सय ३७ मत सहित तेश्रो पोजिसनमा रहे । ०७९ सालको स्थानीय तहको निर्वाचनमा उनै शिवशरणले ४ हजार ९० मत प्राप्त गरेकोमा अहिले ४६५ मत बढी पाएका छन् । यो ठाउँमा ०७९ मा ७९ प्रतिशत मत खसेकोमा अहिले ६८ प्रतिशत हाराहारीमात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । शिवशरणले पाएको मत समाजवादीको हो वा रास्वपाको ? कीर्तिपुरमा रास्वपाका कुनै उमेद्धार उठाएको थिएन । उमेद्धारी फिर्ता लिइएका एकीकृत समाजवादीका भानु रिजाललाई ५२ मत गएको छ । स्वतन्त्र उमेद्धारमात्र त्यहाँ १२ जना थिए । जसमा राजमान मानन्धरले २०३६,कविकुमार महर्जन १३१४,दिनेश अधिकारी १०४८ मत ल्याउँदा राप्रपाका उमेद्धार ध्रुव महर्जनले ९९५ मत प्राप्त गरे । यस्तै मजदुर किसान पार्टीको श्रीकृष्ण महर्जनले २९६ मत पाएको देखिन्छ । कांग्रेसका उम्मेद्धार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मत पाएर कम्युनिष्टको लालकिल्ला भत्काए । ०७९ सालमा झैं काँग्रेसले आफ्नो पोल्टामा सुरक्षित राख्न सफल भयो कीर्तिपुर । कीर्तिपुरको मतपरिणाम हेर्ने हो भने कम्युनिष्टको मत अत्याधिक रहेको देखिन्छ ।

बिज्ञापन

उता काठमाडौं १६ मा अप्रत्याशीत रुपमा रास्वपाको रोजिना श्रेष्ठ उदाइन । पूर्व मन्त्री रामवीर मानन्धरको क्षेत्र,रास्वपाको पार्टीको केन्द्रीय कार्यालय रहेको ठाउँ हो त्यो । जहाँबाट सबैभन्दा कम अर्थात ४२ प्रतिशतमात्र मत खसेको छ । झण्डै ५८ प्रतिशत मतदाता मतदान प्रक्रियामा भाग नलिँदा रास्वपालाई स्थानीय तहमा खाता खोल्न सहज भएको भनिँदैछ । कीर्तिपुरमा माओवादीको उमेद्धार खडा गरिएको ठाउँमा रास्वपाले उमेद्धारी नदिनु र रास्वपाको उमेद्धार भएको काठमाडौं १६ मा माओवादीले मैदान खाली गरिदिनुभित्रको कनेक्सनको खोजी पनि हुँदैछ । भलै,कीर्तिपुरमा माओवादीलाई समाजवादीले र कामाडौं १६ मा एकीकृत समाजवादीलाई माओवादीले सघाउने शर्त थियो ।रास्वपाकी रोजिना श्रेष्ठले २९०२ मत पाउँदा नेकपा एमालेका लक्ष्मीरत्न २२२०,नेपाली काँग्रेसका देवेन्द्र पाठक २२१४,एकीकृत समाजवादीका मीनबहादुर महर्जनले १०९२ मत पाएका छन् ।

माओवादीका काठमाडौंमा महानगरपालिका एउटा सदस्य पनि छैन । एसको पनि उधुम कार्यकर्ता होइनन् । चार वटा मतदान केन्द्र रहेकोमध्ये मतदान गर्ने स्थलमा ५० माथिका बृद्धबृद्धा कम देखिनु । पूराना काँग्रेस, कम्युनिष्टहरु मतै हाल्न गएनन । मतदान प्रक्रियामा भाग लिने २० देखि ४५ उमेर समूहका बढी रहेको आयोगले जनाएको छ ।अर्काेतिर बालाजु,नयाँबजार,खुसिबु,म्हैपी क्षेत्रका कर्मचारीहरु बिदा नपाएका कारण मतदानमा सहभागी नहुनु, रास्वपाको केन्द्रीय कार्यालय पनि त्यतै भएको कारण प्रभावित भएको आँकलन गरिँदैछ । रोजिनालाई काठमाडौं मेयर बालेन साहको गोप्य सहयोग थियो भन्नेहरु पनि छन् । निर्वाचित भए लगतै उनले मेयर वालेनसँग मिलेर काम गर्दछु भन्नुले पनि त्यसलाई केही पृष्टी गर्दैछ । यो चुनावको नतिजाले के संकेत गर्दछ ?तालमेल विना टिक्नै सक्दैन भनिएको माओवादीले १ अध्यक्ष,१ उपमेयर,२ उपाध्यक्ष,७ वडा अध्यक्षसहित ११ सिट जित हासिल गरेको छ । यी मध्ये ०७९ को स्थानीय तहमा ८ ठाउँमा मात्र विजय हासिल गरेको थियो । यस्का अलवा सिरिजघा गाउँपालिका,त्रियुगा नगरपालिका,बेलका नगरपालिका,गढीमाइ नगरपालिका,रामगोपालपुर नगरपालिका,गौरिशंकर गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका लगायतका स्थानीय तहका कम्युनिष्ट पार्टीहरु बीच नै चुनावी प्रतिष्प्रर्धा भएको मतपरिणामले देखाउँछ ।

बिज्ञापन

मतदातामा कम्युनिष्ट दलप्रति रुझान भएर के गर्नु,कम्युनिष्ट पार्टीहरु प्रधान दुश्मन मानिएका सामन्तवादकै टाङ्गमुनी लम्पसार पर्न पुगेपछि ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष