बिज्ञापन
सरकारी जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक कर्मचारी पक्राउ परेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकामा कार्यरत नासु यस्तो ठगी धन्दामा मुछिएको फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेर मुद्धा चलाएको छ ।
बिज्ञापन
हाल सप्तरीको बोदेबरसाइन नगरपालिकामा कार्यरत नासु यशोदानन्द भिन्डवारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जागिर लगाइदिने प्रलोभनमा ६ लाख ३३ हजार ठगी गरेको थाहा भएको छ ।
उनले पर्साका राजकुमार चौधरीलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सहायक वैज्ञानिक पदमा जागिर लगाइदिने भन्दै ठगी गरेका हुन्। बिएस्सी तहको अध्ययन पूरा गरी बेरोजगार रहेका चौधरीलाई आफ्नो पहुँच रहेको भन्दै जागिर लगाइदिने आश्वासन दिएर पटक पटक गरी ६ लाख ३३ हजार ठगी गरेको जनाइएको छ ।
बिज्ञापन
उनै नायब सुब्बाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। यशोदानन्द भिन्डवारलाई ललितपुर प्रहरीले पक्राउ गरी ठगी मुद्दा दायर गरेको हो। ललितपुरको प्रहरी वृत्त सातदोबाटोले उनलाई मुद्दा दायर गरेको छ।