गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा प्रथम भएको छ ।
बिज्ञापन
मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजामा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा २९ दशमलव ०७५ अंक प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएका हुन् ।
यस्तै रिर्पोट कार्ड अनुसार पाल्पाले समान अंक २० दशमलव ०७५ पाएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले २९ दशमलव ०६५,पर्वतले २९ दशमलव ०६२५ अंक प्राप्त गरेको छ । २९ दशमलव ०४९३ अंक सहित चितवन पाँचौमा रहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्की २९ दशमलव ०४३३ अंक सहित छैटौंमा रहेको छ ।
बिज्ञापन
२८ दशमलव ९५ अंकसहित सातौंमा तेह्रथुम, कञ्चनपुर जिल्ला प्रशासनले २८ दशमलव ८७, भक्तपुर जिल्ला प्रशासन २८ दशमलव ८६ अंकसहित नवौंमा रहँदा, धनकुटा २८ दशमलव ८२ अंकसहित दशौं स्थानमा रहेको छ ।
कार्यसम्पादनमा पुच्छरमा रहेको छ,जिल्ला प्रशासन कार्यालय पर्सा । उक्त प्रशासन कार्यालयले २० दशमलव ९०५ अंकमात्र प्राप्त गर्न सकेको छ । कासमूको पुच्छरमा मुस्ताङ, खोटाङ, हुम्ला, सिन्धुली र सिन्धुपाल्चोक लगायतका जिल्ला प्रशासन कार्यालयहरु रहेका छन् ।
बिज्ञापन
गृहले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानेर ती जिल्लाको रिर्पोट तयार गर्दै आएको छ ।