२ सचिव,७ सहसचिव,७८ उपसचिवसहित ३७५ कर्मचारीको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । आज बसेको परिषद्को बैठकले २ सचिव,७ सहसचिव, ७८ उपसचिव तहका र २८८ अधिकृत गरी ३७५ कर्मचारीको सरुवा गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस गरेको छ भने कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउन सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै बैठकले उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई सर्वाेच्च अदालतको सह रजिष्ट्रारका रुपमा सरुवा गरेको छ भने उच्च अदालत तुल्सीपुरबाट खङ्गराज अधिकारीलाई उच्च अदालत पोखरा,उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेललाई सर्वाेच्चमा ल्याइएको छ भने प्रशासकीय अदालतका रजिष्टर गजेन्द्रबहादुर सिंहलाई फैसला कार्यन्वयन निर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको छ । उच्च अदालत तुल्सीपुर,नेपालगञ्ज इजलाशमा कार्यरत रामप्रसाद भट्टराई प्रशासकीय अदालत सिंहदरबार आइपुगेका छन् ।

बिज्ञापन

यस्तै गरी सर्वाेच्च अदालतका सहरजिष्ट्रार श्रीलाल पौडेललाई उच्च अदालत पाटनमा खटाइँदा फैसला कार्यन्वयन निर्देशनलायबाट सूर्यवंश शर्मालाई उच्च अदालत तुलसीपुरमा जिम्मेवारी दिएर खटाइएको छ ।

http://www.jcs.gov.np/uploads/notices/1732891837

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष