भक्तपुरमा जथाभावी जग्गा कित्ताकाट,नगरपालिकाले गरायो सचेत

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले मनलाग्दी ढंगबाट जग्गाको कित्ताकाट हुने गरेको भन्दै बिनाअनुमति जग्गाको कित्ताकाट नगर्न सचेत गराएको छ ।

बिज्ञापन

पालिकाले नगर क्षेत्रभित्र विभिन्न व्यक्ति वा संघसंस्थाले बिना स्वीकृति अवैध रुपमा जग्गा खण्डीकरण, कित्ताकाट गरिरहेको पाइएको भन्दै नगरपालिकाले त्यसो नगर्न समेचत गराएको छ । अवैद्य ढंगबाट कित्ताकाटको घटनाले व्यवस्थित आवासको हक हनन् हुनुका साथै अव्यवस्थित बसोबास र असुरक्षा बढेको नगरपालिकाले जनाएको छ ।

बिज्ञापन


जग्गा किन्नेलाई पनि मापदण्डअनुसार स्वीकृत भए नभएको यकिन गरेर मात्र खरिद गर्न नगरपालिकाले सुझाएको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट यो सरकार आएसँगै खुला गरिएको हो । कित्ताकाट नै ठप्प भएपछि नियमावली संशोधन गर्दै २०८० साउन ३० को मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गर्‍यो । संशोधित नियमावलीले पालिकालाई जग्गाको वर्गीकरण गर्न एक वर्ष समयसँगै कित्ताकाट गर्न लचिलो नीति पनि बनाएको थियो ।
यही नीतिमा खेलेर अहिले उपत्याकामा अधिकांश मालपोत कार्यालयले मनलाग्दी जग्गा कित्ताकाट गर्ने र कित्ताकाट गरिएको बिषय समेत लुकाउने,एउटा शाखाले गरेको कित्ताकाट अर्काे शाखाले हेर्ने नमिल्ने बनाइएको भेटिएको छ,यस्तो बदमासी सबैभन्दा बढी भक्तपुर मालपोतमा देखिएको छ ।

बिज्ञापन

अवैद्य कित्ताकाट बढेसँगै नगरपालिकाले सूचना नै निकालेर विना अनुमति जग्गा कित्ताकाट नगर्ने सुझाएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष