पूरानो ठेक्का तोडिएपछि सडक निर्माणको काम तिब्र

ऋषि भट्टराई

बिज्ञापन

कञ्चनजङ्घा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत १७ गते २०७६ सम्ममा सडक विस्तार सक्नेगरी ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न हुन नसकेपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरि अर्को निर्माण कम्पनि बावुल दर्शन मालिका जेभी सँग ठैक्का सम्झौता गरेपछि बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको कामले तिब्रता पाएको छ ।

बिज्ञापन

विगत ८ वर्षदेखि अलपत्र रहेको सो सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम गरिरहेको छ । साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्नका लागि भ्याटसहित ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । बुटवल बेलहियादेखि चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले भैरहवादेखि बुटवल चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ । बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम राति र दिउँसो दुई सिफ्टमा गर्ने तयारी थालेको बताएको छ ।

जनशक्ति थप गरी एक वर्षभित्रै काम सक्नेगरी तीव्र गतिमा निर्माण भइरहेको निर्माण कम्पनिले जनाएको छ । केहि ठाँउमा खानेपानी पाइपका कारण केही असहज भइरहेको निर्माण कम्पनिले जनाएको छ । ‘अहिले इलाका प्रशासन कार्यालय आसपास निर्माणको काम भैरहेको र जनशक्ति थप गरेर दिउँसो र राति गरी दुई चरणमा काम गरी तोकिएको समय सीमाभित्र सडक निर्माणको काम सम्पन्न गर्ने ठेकेदार कम्पनिले जनाएको छ । ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने कार्यालयका सूचना अधिकारी ईन्जियिर महेश्वर लम्सालले बताए ।

बिज्ञापन

बुटवल उपमहानगरपालिकाले खानेपानी,बिधुत र टेलिफोन जस्ता सम्बन्धित कार्यालय सँग सडक निर्माणको सिलसिलामा देखिने अवरोधका सवालमा आवश्यक छलफल र सहजिकरण गरेर सहयोग गरेको सुचना अधिकारी लम्सालले बताए । ठेकेदार कम्पनि लाई आवश्यक जनशक्ति जुटाएर दुई चरणमा काम गरेर समयमा काम सम्पन्न गर्न भनेका छौ निर्माण कम्पनिले लगत्तै दुई चरणमा काम थाल्ने र निर्माणको कामले अझै तिब्रता पाउने सुचना अधिकारी लम्सालले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष