किरिया खर्चको रकममा पनि घुस खाने सुब्बा अख्तियारको नियन्त्रणमा

कर्मचारीमाथि एउटा आरोप लाग्ने गर्दछ,अवसर पाए कात्रोमा समेत कमिसन खान पछि पर्दैनन् ।

बिज्ञापन

त्यस्तै आरोपलाई पृष्टि गरेका छन्,एक नासुले । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु अशोक कुमार यादवले किरिया खर्चमा समेत घुस लिएको पाइएको छ । यादवले किरिया खर्चको रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बिज्ञापन

नासु यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकममा समेत घुस लिएका हुन । सेवाग्राही उक्त खर्च लिन जाँदा सुव्वाले सेवाग्राहीसँग घुस माग गरेका हुन् । पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले शुक्रवार महोत्तरी जिल्ला प्रशासन कार्यालयमा छापा मारेर केही महत्वपूर्ण कागजात जफत गरेको र यादवमाथि थप अनुसन्धान भइरहेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष