यस अघि सबै आवेदक फेल भएपछि दोश्रो पटक फेरि माग्यो आवेदन

राष्ट्रिय जीवन बीमा कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृतको लागि दोस्रो पटक पनि आवेदन माग गरिएको छ। कम्पनीले पहिलो पटक आवेदन माग गरेको थियो तर सबै अनुत्र्तिण भएसँगै दोश्रो पटक आवेदन माग गरिएको छ । यस अघि कम्पनीले असोज २६ गते पहिलो पटक आवेदन माग गरेको थियो। त्यसबेला आवेदन दिएका आवेदक कुनै पनि पास नभएपछि कम्पनीले दोस्रो पटक आवेदन खुलाएको हो।

बिज्ञापन

छनौट समितिले आवेदकहरुको शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मुल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने प्रावधान थियो। कम्पनीले यसअघि दरखास्त आह्वान गर्दा चार जनाको आवेदन परेको थियो । कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसक्दा उनीहरू ‘फेल’ भएका थिए ।यस अघि कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न सबै आवेदकहरु फेल भएपछि फेरि दरखास्त मागिएको हो ।

बिज्ञापन

कम्पनीले मंसिर ६ गते दोश्रो पटक आवेदन माग गरेको छ। सीईओको लागि इच्छुक आवेदकले बीमा, मौद्रिक, बैंकिङ,वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थाप, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्नेछ।

यस्तै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुवैमा भए कम्तीमा एक वर्षको वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष