अन्तिम समयमा रोकियो मन्त्रिपरिषद् बैठक,एमाले- काँग्रेस शीर्ष नेताबीच के हुँदैछ भलाकुसारी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक रोकेर एमाले र काँग्रेसको शीर्षस्थ नेताहरुबीच छलफलमा जुटेका छन् । शीर्ष नेताहरुबीचको छलफल अबेर सुरु भएका कारण ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भने स्थगित गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन्।

बिज्ञापन

शीर्ष नेताहरुबीचको वार्तमा उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण,मन्त्रिपरिषद् हेरफेरका अलवा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा छलफल हुने वालुवाटार स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष