मालपोत कार्यालयले उठाए एक महिनामा दुई अर्ब ७० करोड राजस्व

देशभरका १३३ मालपोत कार्यालले एक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ राजस्व संकलन गरेको छ । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजस्व संकलन भएको थियो भने कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो।

बिज्ञापन

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ राजस्व उठाएको छ। मालपोत कार्यालय गोटीखेल ललितपुरले चार लाख ६७ हजार सात सय २०, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार छ सय ४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

बिज्ञापन

चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलङ्की मालपोत कार्यालयले १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ ।

बिज्ञापन

विभागका अनुसार गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० सङ्कलन गरेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाडपर्वलगायत कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष