गभर्नरकै अगाडि फुट्यो सिइओको टाउको

बैंक व्यवस्थापनको लापरवाहीका कारण एक जना बैंकरको टाउको फुटेर अस्पताल कुदाउनुपर्ने स्थिति आयो । अस्ति शुक्रवार नेपाल बैंकको बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । बैंकको कार्यक्रममा बोलाइएका प्रमुख अतिथि नै नआइदिँदा एकातिर खल्लो त भएकै थियो त्यही माथि आएका पाहुना (अतिथी) नै कार्यक्रम स्थलमै दुर्घटनामा परेका हुन,त्यो पनि व्यवस्थापनको कमजोरीका कारण ।

बिज्ञापन

बैंक व्यवस्थापनको लापरवाही र फितलो व्यवस्थापनका कारण एक जना अतिथी नै घाइते भएर अस्पताल भर्ना गर्नु परेको हो ।

बिज्ञापन

अस्ति शुक्रवार नेपालको पहिलो बैंक नेपाल बैंकले ८७ औं बार्षिकोत्सव कार्यक्रम राखिएको थियो । करिब ९ दशक लामो इतिहास बोकेको उक्त बैंकको बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो, बैंकको केन्द्रीय कार्यालय धर्मपथमा । दिँउसो ३ बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथिको रुपमा बोलाइएका उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल पनि सहभागी थिएनन् त्यहाँ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित विभिन्न बैंक तथा वीमा कम्पनीका संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए ।

उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रिय बीमा कम्पनीका सीईओ शिवहरि श्रेष्ठ पनि सहभागी थिए । तर मञ्च व्यवस्थापकको लापरबाहीका कारण त्यहाँ मञ्चमा जडान गरिएको लाइट खसेर उनको टाउकोमा लाग्दा उनी घाइते हुन पुगे । उनलाई तत्कालै उनको छोराले अस्पताल पुर्याए । उनको टाउकोमा सात वटा टाँका लगाउन परेको बताइएको छ ।

बिज्ञापन

कार्यक्रममा बोल्ने अधिकांश कर्मचारी नेताहरुले बैंक व्यवस्थापनको खुलेरै आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष