सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन

काठमाडौं । आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटिले सरकारले मनपरी रुपमा कर लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले मनपरी कर आतंक बन्द गर्न माग गरे ।

बिज्ञापन

शनिबार काठमाडौंको शान्तिवाटिकामा कर आतंक बन्द गर, जनताले तिरेको कर कहाँ छ ? भन्ने नाराका साथ प्रदर्शन गरेका हुन् । सोही क्रममा आम जनता पार्टीको केन्द्रीय सचिव देवी पण्डितले सरकारको करका कारण व्यापारीहरु धरासाही अवस्थामा पुगेको भन्दै यसलाई रोक्नको लागि आवाज उठाएको बताइन्।

बिज्ञापन

उनले भनिन्, ‘आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको व्यापार व्यवसायमा लगाइएको ‘अनावश्यक कर घटाउ, अर्थतन्त्र बचाउ’ भन्ने हो । व्यापार व्यवसायमाथि तीनै तहको सरकार मिलेर कर लगाइरहँदा व्यापारीहरु धरासायी अवस्थामा पुगेका छन् । त्यसैले पार्टीले कर विरुद्ध अथवा यसलाई रोक्नको लागि आवाज उठाएका हौं ।’यस्तै, उनले व्यापार गर्नको लागि सहज वातावरण निर्माण होस र करको कारणले व्यवसाय छोडेर विदेश जान नपरोस भनेर यो आन्दोलन गरेको भन्दै यस्ता कार्यक्रमहरु पार्टीले अगाडिदेखि नै गर्दै आएको बताइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष