अख्तियारको स्टिङ अप्रेसन :- २० हजार घुससहित कर्मचारी पक्राउ

अदालतका कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका चार कर्मचारी पक्राउ परेका छन् । मुद्धा जिताइदिने भन्दै सेवाग्राहीसंग घुस लिँदै गरेका अबस्थामा कपिलवस्तु जिल्ला अदालतका तसहिल फाँटका तहसिलदार सन्तोष मिश्रा, कम्प्यूटर अपरेटर विकास पाण्डे, नासु पशुपति डुम्रे र वेगम भुसाल २० हजार घुस रकम लिँदै पक्राउ परेका हुन् । अख्तियारको टोलीले आज दिउँसो ३ बजे तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

बिज्ञापन

प्रहरी स्रोतले दिएको जानकारीअनुसार अंशबण्डा मुद्धाका प्रतिवादीलाई घुस नदिएसम्म जग्गा बाडफाँड नगरिदिने र कामसमेत रोकिराख्ने भन्दै कर्मचारीहरुले १ महिनादेखि झुलाउँदै आएका थिए । सेवाग्राहीलाई बाध्य पारेर घुस दिन राजी बनाई उनीहरुले आज चिया पसलमा बोलाएका थिए ।विशेष सुराकीका आधारमा त्यहाँ पुगेको बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई घेरा हाली खानतलासी गर्दा रकम फेला परेको बताइएको छ । पक्राउ परेका तहसिल फाँटका कर्मचारीलाई आवश्यक अनुसन्धान गरी मुद्धा दायर प्रक्रियामा लैजाने अख्तियारले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष