निवर्तमान मन्त्रीमाथि किन भएन प्रहरी अनुसन्धान ?

मानव तस्करको आरोप लागेका नेकपा एमालेका निर्वतमान मन्त्रीमाथि प्रहरी अनुसन्धान शुरु भन्दै पीडितका आफन्तहरुले आक्रोश पोखेका छन्  मानव तस्करी मुद्दामा जोडिएसँगै कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिए । हिजोमात्र पार्टीले उनलाई निलम्बन गरेको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरेको छ तर उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छैन ।

बिज्ञापन

मानव तस्करीमा जोडिएपछि उनले अस्तिमात्र मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी एक कार्यक्रममा सहभागी हुन यही कात्तिक १३ गते जापान गएका थिए । उनको भ्रमण दलमा नक्कली कर्मचारी बनाएर ती व्यक्तिसँग १० देखि १३ लाख उठाइएको खुलेको छ । यसरी रकम उठाइएकामा खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा रहेका छन् ।

बिज्ञापन

कीर्ते कागजात बनाउन सघाउनेमा धादिङका ३४ वर्षीय महेश पाण्डे, दोलखाका वीरबहादुर सुनार र नुवाकोटका जुगल रिजाल समेत जोडिएका छन् । नक्कली कागजात बनाएर मन्त्रीसँगै अन्य मान्छेलाई जापान लैजान योगराज भनिने गोपाल गौतमले भूमिका खेलेको खुलेको छ । गौतम सांसद अधिकारीकै निर्वाचन क्षेत्रका हुन् । उनी सिंहदरबारमा सरसफाई मजदुर सप्लायर्सको काम गर्दै आएका छन् ।

यो प्रकरणमा निवर्तमान मन्त्रीमाथि फौजदारी अभियोग आकर्षित हुने कानुनका जानकारहरु बताउँछन् तर अधिकारीलाई राजीनामा दिएर,पार्टीबाट निलम्बन गरेर चोख्याउन खोजिएको भन्दै पीडितहरुले आक्रोश पोखेका छन् ।

बिज्ञापन

पीडितका आफन्तहरुले प्रहरीले अनुसन्धानमा दोहोरो चरित्र अपनाएको भन्दै आक्रोश पोखेका छन् । एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनदेखि प्रहरीको अनुसन्धानका् दायरामा नआएको बिषयलाई लिएर पीडितका आफन्तहरुले आक्रोश पोखेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष